Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • आईजीपी नियुक्ति विवाद : आज मुद्दाको सुनुवाइ हुँदै

    आईजीपी नियुक्ति विवाद : आज मुद्दाको सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

    धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा अर्को पेसी आज सोमबारका लागि तोकिएको थियो । यसअघि असार ५ गते सुनुवाइ भएको मुद्दा आज सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।



    रिट निवेदक विश्वराज पोखरेलका तर्फबाट १३ जना कानुन व्यवसायीले बहस गरिसकेका छन् । उनीहरूले सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानुनी रहेको दाबी गरेका छन् । आज प्रतिवादीका तर्फबाट बहस हुने बताइएको छ ।



    सरकारले पहिलो वरियतामा रहेका एआईजी विश्वराज पोखरेललाई महानिरीक्षक नबनाइ तेस्रो वरियताक्रममा रहेका सिंहलाई आईजीपी बनाएपछि यो विवाद अदालतमा पुगेको थियो ।

    पोखरेलले आफूभन्दा कनिष्ठलाई आईजीपीमा नियुक्त गर्नु प्रहरी ऐन विपरीत भएको भन्दै रिट दायर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार