Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बोराभित्र पुरुषको शव फेला, हत्याको आशंका

झापा । झापामा एक पुरूषको शव फेला परेको छ ।

जिल्लाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा आइतबार बेलुकी करिब ४५ वर्ष उमेरको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बोरा खोलेर हेर्दा त्यहाँ एक पुरूषको शव फेला परेको हो ।

उनको पहिचान खुलेको छैन । ती पुरुषको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077