Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाई सुरु

    आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाई सुरु

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 801
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाई सुरु भएको छ।

    सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सरकारी वकिलहरुले बहस सुरु भएको हो । आईजीपी धिरजप्रताप सिंहको तर्फबाट सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले बहस सुरु गरेका हुन् ।



    आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा तेस्रो पटक सुनुवाई भइरहेको हो। यसअघि यो मुद्दामा जेठ ३० र असार ५ मा सुनुवाई भएर सोमबारका लागि हेर्दाहर्दैमा पेशी तोकिएको थियो ।



    वैशाख १८ मा मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार