Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महानगरको कल सेन्टरमा २० दिनमा ४५ सय गुनासा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कल सेन्टरमा २० दिनकै बीचमा ४ हजार ५ सय ३९ गुनासा आएका छन् ।

२४ जेठबाट सुरु भएको कल सेन्टरमा आएका गुनासामध्ये ४ हजार १ सय २८ गुनासा टिपोटयोग्य रहेको महानगरपालिकाले जनाएको छ ।

महानगरले कल सेन्टरलाई प्रभावकारी बनाउन कल सेन्टर गुनासो व्यवस्थापन तथा सोधपुछ का सम्पर्क अधिकारीलाई गुनासो सुनुवाईको प्रगति ट्रयाकिङ र अद्यावधिक सम्बन्धी तालिम दिएको छ ।

गुनासो वा सुझावकर्ताले कुरा गर्न पाएको बेला लाइभ सर्भरबाट र कुरा गर्न नपाएको बेला आवाज रेकर्ड गरेर कम्युनिकेसन सर्भरबाट गुनासो रेकर्ड गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077