Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले पाँच वर्षका लागि विकास ऋणपत्र २०८४ ‘ज’ जारी गर्ने भएको हो । सो ऋणपत्र मंगलबार सार्वजनिक बोलकबोल मार्फत जारी गरिने बैंकले जनाएको छ ।

सोमबार एक सूचना जारी गर्दै बैंकले इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको सर्त पुरा गरेर तोकिएकै समय भित्र दरखास्त दिन आग्रह गरेको छ ।

असार १५ गते निष्काशन हुने यस ऋणपत्रको बोलकबोल असार १४ गते अपरान्ह ३ बजे हुने बैंकले जनाएको छ । कुल ऋणपत्र मध्ये ८५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीमार्फत र बाँकी १५ प्रतिशत अर्थात् २ अर्ब २५ करोड रुपैयाँ विना प्रतिस्पर्धा बाँडफाँड गरिने समेत बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077