Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेता आउँदा लाइनमा बसेर फूलमाला र खादा लिएर एयरपोर्ट जान आवश्यक छैन : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजान नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले सरल जीवनको छुट्टै महत्व हुने बताए ।

कुनै ठूलो उपाधि ओलम्पियन जितेर आएकालाई सम्मान गर्न उनले आग्रह गरे । 'नेता काठमाडौंबाट जिल्लामा आउँदा गाडी छैन भने, बरु एउटा गाडी पठाइदिनुस् । तर गाडीका लस्कर, नेतारकार्यकर्ता लाइनमा बसेर फूलमाला र खादा लिएर एयरपोर्ट जान आवश्यक छैन,' उनले भने ।

पौडेलले जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए । ‘हामी अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छौं । ओठेभक्ति र स्तूति होइन, मनैदेखि सैद्धान्तिक अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा छौं,’ उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077