Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लरीभित्र ४२ जनाको शव फेला, १६ जना अस्पतालमा भर्ना

एजेन्सी । अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोनजिकै एक लरीमा ४२ जनाको शव फेला परेको छ ।

उक्त शव आप्रवासीहरुको भएको हुन सक्ने अनुमान छ । कम्तीमा १६ जना मानिसलाई अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा ठूलो लरीको आसपासमा उद्धारकर्ताको भिड देख्न सकिन्छ। न्युयोर्क टाइम्सका अनुसार अहिले प्रहरीले लरीका चालकको खोजी तीव्र पारेको छ।

सान एन्टोनियोस्थित रेल ट्र्याकनजिकै रोकिएको उक्त लरीमा चालक भने थिएनन् । अहिलेसम्म लरीमा रहेका मानिसहरुको मृत्यु के कारणले भएको हो भन्ने खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077