Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

मकवानपुर । अनलाइन जुवा खेल्ने ११ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। प्रहरीले हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडा डेरा गरी बस्ने कुलदीप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूको साथबाट १ लाख ४५ हजार ७५ रुपैयाँ नगद, ११० थान मोबाइल, ५ थान कम्प्युटर, ३ थान ल्यापटप र ४ थान राउटर फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरूमा हेटौंडा–९ लामसुरे बस्ने २३ वर्षीय निशान आचार्य, हेटौंडा–४ कमलडाँडा बस्ने २४ वर्षीय राजीव गौतम, हेटौंडा–११ बस्ने २७ वर्षीय मधुकर बानियाँ, हेटौंडा–१४ चुरियामाई बस्ने २४ वर्षीय निमा थिङ, हेटौंडा–१२ बस्ने २३ वर्षीय विकास बल, मनहरी गाउँपालिका–४ बस्ने २० वर्षीय जोसिल खत्री रहेका छन्।

त्यसैगरी गोरखा पालुङटार नगरपालिका–७ बस्ने २२ वर्षीय डुलास तामाङ, पालङटारका २० वर्षीय तिकमान तामाङ, पालङटारकै २१ वर्षीय राजु तामाङ, पालुङटार–८ बस्ने २५ वर्षीय अमोश तामाङ, बाराको निजगढ नगरपालिका–४ बस्ने २० वर्षीय अर्पण खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077