Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

गैंडाको खाग तस्करी गर्ने राम कुमार पक्राउ

चितवन । गैंडाको शिकार गरी खागको खरिद-बिक्री तथा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले राम कुमार प्रजालाई पक्राउ गरेको हो ।

चितवनको कालिका नगरपालिका वडा नं.११ साबिक सिद्दी गा.वि.स.वडा नं.३, सैपाङ बासघारी घर भई हाल जिल्ला तनहुँ व्यास गाउँपालिका वडा नं. ११, मुलपानी बस्ने ५२ वर्षीय प्रजालाई मकवानपुरको हेटौँडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी संरक्षित वन्यजन्तु गैँडा शिकार गरी त्यसको खाग राख्ने, खरिदरबिक्री तथा ओसारपसार गरेको मुद्दा लगायत अन्य मुद्दामा समेत प्रतिवादी भई फरार रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077