Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

श्रीमतीसँग विवाद : तर्साउन हवाइ फायर, श्रीमान पेस्तोलसहित प्रहरीको फन्दामा

धनुषा । श्रीमतीसँग विवाद हुँदा हवाइ फायर गरी तर्साउने युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोकका ३७ वर्षीय मनिषकुमार अधिकारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सोमबार राति श्रीमतीसँग विवाद भएपछि अधिकारीले गोली भएको पेस्तोल छतमा पुगेर पड्काएका थिए । गोली चलेको खबर पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

उनको घरको किचन कोठामा लुकाइ राखेको अवस्थामा अटो पिस्टन युएसए लेखिएको पेस्तोलमा गोली एक राउण्ड र म्यागेजिन बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।

श्रीमान् –श्रीमतीबीच घरायसी वादविवाद हुँदा घरको छतमा गएर तर्साउनको लागि मनिषले गोली चलाएको अनुसन्धानबाट खुलेको छ । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077