Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोलम्बियाको कारागारमा दंगा, आगजनी हुँदा ४९ को मृत्यु

एजेन्सी । दक्षिण पश्चिमी कोलम्बियाको एउटा कारगारमा दंगा सुरु भएपछि आगलागी हुँदा ४९ जना कैदी मारिएका छन् । अरु ३० जना घाइते भएका कारगारका अधिकारीहरूले बताएका छन् ।

भाल्ले डल काउकाको टुलुवास्थित राष्ट्रिय कारगार निकायले मंगलबार बिहान सवेरै कैदीहरूले नै आगजनी गरेको जानकारी दिएको छ । त्यहाँ तैनाथ गार्डहरूले दंगामा हस्तक्षेप गर्न नसकुन् भन्ने हेतुले कैदीहरूले म्याट्रेसहरू बालेको बताइएको छ ।

सरकारी अधिकारीहरूले आगो नियन्त्रणमा लिइसकेको र यस घटनाको मौका छोपेर कोही पनि कैदी भाग्न नसकेको बताएका छन् ।

स्थानीय समयअनुसार बिहान करिब एक बजे कारागारको एक खण्डमा आगलागी सुरु भएको थियो । सो स्थानमा समान्यतया १ सय ८० जना कैदी थुन्ने गरिएको छ । सो सहरका स्थानीय बासिन्दाले कारागारभित्र धुँवा र आगोका लप्का देखेको र हेर्दाहेर्दै अनियन्त्रित हुन पुगेको आगोले सो खण्ड जलेको बताएका छन् ।

एम्बुलेन्स र अग्नि नियनत्रण टोली तत्काल घटनास्थल पुगेका थिए । गार्डहरूले कारगारमा जडित अग्निनियन्त्रण उपकरण प्रयोग गरेर केही कैदीको उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077