Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकालाई चीनले भन्यो - ताइवानसँग हिमचिम घटाउनू

एजेन्सी । चीनले अमेरिकालाई ताइवानसँग हिमचिम घटाउन आग्रह गरेको छ। मंगलबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले अमेरिकालाई एक चीन सिद्धान्त र चीन–अमेरिका विज्ञप्ति कडाइका साथ पालना गर्न आग्रह गरेका हुन् ।

उनले संयुक्त विज्ञप्ति निकाल्नेलगायत ताइवानसँग कुनै पनि प्रकारको आधिकारिक आदानप्रदान बन्द गर्न आग्रह गरेका छन्।विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले २१औँ शताब्दीको व्यापारमा यूएस–ताइवान पहलबारे सोधिएको प्रश्नको जवाफमा नियमित समाचार ब्रिफिङमा सो टिप्पणी गरेका हुन् ।

‘चीनले सार्वभौमसत्ता र आधिकारिक प्रकृतिका जस्ता देखिने वार्ता वा सम्झौतासहित कूटनीतिक सम्बन्ध भएका देशद्वारा ताइवान क्षेत्रसँगको सबै प्रकारको आधिकारिक अन्तरक्रियाको चीन दृढतापूर्वक विरोध गर्दछ।

यो अडान स्थिर र स्पष्ट छ’, झाओले भने, ‘संसारमा एउटा मात्र चीन छ र ताइवान त्यसको अविभाज्य भूभागको हो। जनवादी गणतन्त्र चीनको सरकार सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एक मात्र कानुनी सरकार हो।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077