Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ

    जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 927
    SHARES

    फाइल तस्विर

    बैतडी । जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्।

    बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र स्थानीय केशवसिंह पक्राउ परेका हुन्।



    पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



    उनीहरु दुवैलाई पीडितको जाहेरीका आधारमा मंगलबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नेगी गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार