Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • प्रदेश १ मा १८ र मधेस प्रदेशमा ११ प्रतिशतमा रोपाइँ सकियो

    प्रदेश १ मा १८ र मधेस प्रदेशमा ११ प्रतिशतमा रोपाइँ सकियो

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 873
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मनसुन प्रारम्भ भएदेखि नै वर्षेधान रोपाइँ पनि सुरु भएको छ । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा कूल ६१ हजार ३०३ दशमलव ९१ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ ।

    गत वर्ष आजको अवधिसम्ममा १८ दशमलव शून्य छ प्रतिशत रोपाइँ भएको थियो भने यस वर्ष आजसम्ममा १७ दशमलव ९९ प्रतिशत रोपाइँ भएको बताइएको छ ।



    मन्त्रालयबाट प्राप्त जानकारीअनुसार उच्च पहाडी क्षेत्रमा तीन हजार ७४९, मध्यपहाडी क्षेत्रमा २३ हजार ८०९ र तराईमा ३३ हजार ७४५ हेक्टर जग्गामा रोपाइँ भएको छ ।



    प्रदेशमा कूल आठ लाख २६ हजार ६४६ हेक्टर खेतीयोग्य जमिन रहे पनि तीन लाख ३४० हजार ८२९ हेक्टर जग्गामा धान लगाउने गरिएको छ ।

    वर्षेधानबालीका निम्ति आवश्यक पर्ने रासायनिक मलमा युरिया र डिएपीको अभाव रहेको कृषकहरुको गुनासो छ भने युरिया पाउँदा डिएपी नपाउने र डिएपी पाउँदा युरिया नपाउने स्थितिलाई समाप्त पारी कृषकलाई युरिया र डिएपीसँगै दिनुपर्ने प्रदेश सभासदस्य चुमनारायण तवदारले जानकारी दिए ।

    यस्तै मधेस प्रदेशमा अहिलेसम्म धान रोपाइँ हुने कुल जमिनमध्ये ११ प्रतिशतमा मात्र रोपाइँ भएको छ । सबैभन्दा बढी पर्सामा २० प्रतिशत र सबैभन्दा कम धनुषामा ४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।

    मधेस प्रदेशमा यसवर्ष अहिलेसम्म ४३ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत मनिष कुमार पालले जनाएका छन् ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार