Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कांग्रेसले गर्‍यो मधेश प्रदेशसभाको बैठक बहिस्कार

    कांग्रेसले गर्‍यो मधेश प्रदेशसभाको बैठक बहिस्कार

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 420
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले मधेस प्रदेशसभाको बैठक बहिस्कार गरेको छ ।

    प्रदेशसभा बैठक विधिसम्मत र लोकतान्त्रिक पद्धतिअनुरुप नचलाइएको भन्दै कांग्रेसले बहिस्कार गरेको हो ।



    कांग्रेसको विरोधका बीच मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मतसम्बन्धी प्रस्ताव अघि बढाएका छन् । यस्तै जनमत पार्टी र लोसपाले पनि प्रदेशसभाको बैठक बहिस्कार गरेको छ ।



    जबर्जस्ती बैठक चलाउन खोजिएको भन्दै सांसदहरू विरोधमा उत्रिएका छन् । उनीहरूले सभामुख रामचन्द्र मण्डलको माइकसमेत तानेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार