Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रदेश सभापति यादवले भने – गठबन्धनपछि मधेसमा कांग्रेस थप कमजोर बन्दै गएको छ

    प्रदेश सभापति यादवले भने – गठबन्धनपछि मधेसमा कांग्रेस थप कमजोर बन्दै गएको छ

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 609
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण यादवले पार्टी नेतृत्वले अरू पार्टीसँग गरेको गठबन्धनले गर्दा अघिल्लो निर्वाचनमा कांग्रेस मधेसमा कमजोर भएको बताएका छन् ।

    केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले विगतमा कांग्रेस छोड्नेहरू समेत फर्कने क्रम सुरु भएका बेला अरू पार्टीसँग गरेको गठबन्धनपछि मधेसमा पार्टी कमजोर बनेको बताएका हुन् ।



    सभापति यादवले जनसंख्याको अनुपातमा मधेस बजेटमा पनि हेपिएको र प्रदेश संरचनालाई जिम्मेवारी नदिएको भन्दै केन्द्रबाटै शासन गर्ने हो भने प्रदेश खारेज गर्न माग समेत गरे ।



    उनले भने, ‘प्रदेश संरचना किन बनाइयो ? प्रदेशलाई जिम्मेवारी दिन सकिदैन भने खारेज गरियोस् । जे पनि जिल्लामा गरिएको छ । प्रदेशलाई बाइपास गरिएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार