Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशको बजेट पारित

लुम्बिनी । लुम्बिनी प्रदेशको बजेट बुधवार पारित भएको छ ।

असार १ गते प्रस्तुत बजेट विभिन्न चरणको छलफलका साथ प्रदेश सभाबाट पारित भएको छ । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

कूल विनियोजनमध्ये चालू खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार अर्थात् ३१.२६ प्रतिशत र पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार अर्थात् ५७.४१ प्रतिशत रहने अनुमान गरिएको छ ।

बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कूलप्रसाद केसीले लुम्बिनी प्रदेशका जनताको समृद्धिका लागि नै आगामी वर्षको बजेट लिएको बताउँदै बजेट सबैको साझा सवाल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077