Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपतिलाई प्रमाणपत्र बुझाएपछि देउवालाई भेटे भारतीय राजदुतले

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाए पछि प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा श्रीवास्तवले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाएका थिए।

राजदूत श्रीवास्तवले हालै प्रधानमन्त्री शेर बहादुर देउवाबाट भएको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरेका थिए।

साथै उनले दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । श्रीवास्तव नेपालका लागि भारतका २६ औं राजदूत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077