Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा अध्यक्ष उपेन्द्र र बाबुराम सल्लाहमै छोडपत्र

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा आन्तरिक विवाद नयाँ होइन । पार्टीको बैठक बोलाउनेदेखि विभिन्न महत्वपूर्ण निर्णयमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद चल्दै आएको थियो ।

अहिले पुनः अध्यक्ष यादवले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै विवाद अझै चुलिएको छ । यही विवादले दुई अध्यक्षलाई अलगअलग बाटोमा हिँड्ने अवस्थासम्म पुर्‍याएको छ ।

मन्त्री बनाउने र कारबाही गर्नेसम्मको अधिकार पनि अध्यक्ष यादवले आफैं राख्दा भट्टराई असन्तुष्ट थिए ।

पछिल्लो समय यादवले मन्त्री फिर्ता बोलाउने निर्णय गर्दा भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आग्रह गरेका छन् ।

उनले यादवको एकल निर्णय भएको र त्यसलाई नमान्न आग्रह गरेका थिए। त्यसो गरे आफूसँग रहेका सांसदहरूले समर्थन फिर्ता लिने उनले देउवालाई चेतावनीसमेत दिएका थिए। अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077