Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जनक शिक्षाका प्रबन्ध निर्देशक झालाई विद्यार्थीले दले कालोमोसो

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले कालोमोसो दलेको छ । पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन् ।

देशैभरि सरकारी विद्यालयहरुमा पाठयपुस्तकको चरम कृतिम अभाव गराउने काम जनकशिक्षाकै अधिकारीबाट भएको भन्दै झालाई कालोमोसो दलेको जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले कालोमोसो दलेको छ ।

पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन् । संगठनका महासचिव ललित बिश्वकर्माले विभिन्न ६ बुँदे आरोपसहित कालोमोसो दलिएको बताए ।

राजधानीमै पाठयपुस्तकको चरम अभाव गराएको, चरम भ्रष्टाचार गरेको, कागज खरिदमा चरम अनियमितता गरेको, निजी शैक्षिक संस्थासँग मिलेर जनक शिक्षा सामाग्री केन्द्र डुवाउने खेलमा लागेको, जनताका छोराछोरीको भविष्यमाथि चरम खेलवाड गरेको अखिल क्रान्तिकारीले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077