Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले बोलाए संसदीय दलको बैठक

    बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले बोलाए संसदीय दलको बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 843
    SHARES

    फाइल फोटो

    काठमाडौं ।  बागमती प्रदेशमा सत्तारुढ घटकले नै मुख्यमन्त्री फेर्न दबाब दिएपछि सरकारको नेतृत्व गर्दै आएको नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठक आह्वान गरिएको छ ।

    पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा शनिबार सो पार्टीको बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौंमा बस्ने भएको हो ।  पाण्डेले शनिबार ११ बजे बस्नेगरी दलको बैठक बोलाएको नेकपा एकीकृत समाजवादी बागमती प्रदेशले जनाएको छ ।



    बागमती प्रदेशमा सत्ता गठबन्धन काँग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन गरेपछि पाण्डेले दलको बैठक बोलाएका हुन् ।



    मुख्यमन्त्री पाण्डेले विगतमा आफूसहितले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको भन्दै सत्ता हस्तान्तरणका लागि आफू तयार रहेको नेतृत्व तहलाई बताएको जनाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार