Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अखिल भारतीय फुटबल महासंघका महासचिव दासले दिए राजीनामा

एजेन्सी । अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) का महासचिव कुशल दासले पदबाट राजीनामा दिएका छन् । पछिल्लो १२ वर्षदेखि एआइएफएफको महासचिवका रुपमा कार्यरत दासले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन् ।

सन् २०१० मा एआइएफएफको महासचिवमा नियुक्त भएका दासको कार्यकाल निकै विवादास्पद रह्यो र यस अवधिमा उनलाई धेरै आर्थिक अनियमितताको आरोप पनि लागेको थियो ।

यसअघि दासले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै २० दिनको छुट्टी लिएका थिए । केही भारतीय सञ्चारमाध्यमहरुका अनुसार महालेखा परीक्षकको अडिट रिर्पोटमा दासले धेरै आर्थिक अनियमिता गरेको पुष्टि भएकाले उनलाई भारतको प्रशासक समितिले कामबाट अलग राखेको थियो ।

दासमाथि लागेका यी आरोपहरुको हाल छानविन भइरहेको छ । दासको कार्यकालमा भारत तीन पटक एएफसी एसियन कपमा छनोट भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077