Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सडकमा मकै बेच्‍ने महिलामाथि नगर प्रहरीद्धारा दुर्व्यवहार, पोलेका मकै ‘जफत’

काठमाडौं । काठमाडौंको बालुवाटारमा फुटपाथमा मकै बेच्ने एक महिलामाथि नगर प्रहरीले दुर्व्यवहार गरेको छ । नवनिर्वाचित काठमाडौं महानगरका मेयर बालेन साहले फुटपाथमा ठेला राखेर सामान बेच्न प्रतिबन्ध लगाउने घोषणा गरेसँगै महानगरका एक हुल नगर प्रहरीहरुले शुक्रबार बालुवाटारमा एक महिलामाथि दुर्व्यवहार गर्दै पोलिरहेका मकै ‘जफत’ गरेका हुन् । नगर प्रहरीले लछारपछार गर्दै महिलामाथि ज्यादती गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एक जना वृद्ध पुरुष र ती महिलाले ठेला नलैजान अनुरोध गर्दा गर्दै पनि नगर प्रहरीले लछारपछार गर्दै ठेला गाडीमा हालेको भिडियोमा देख्न सकिन्छ । अहिले नगर प्रहरीको त्यो ज्यादतीलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । यसअघि महानगरपालिकाले बेलुका ६ बजेपछि मात्रै फुटपाथमा व्यापार गर्न पाउने जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077