Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिन्धुपाल्चोकमा भारी वर्षा हुँदै, मेलम्चीमा बाढीको चेतावनी

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीको जलाधार क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमा महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गुम्थाङ, धाप, नकोटेलगायत स्थानमा भारी वर्षा मापन भएको हो ।

मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाले जनाएको छ ।

यस्तै, धापमा ४३.४ र गुम्थाङमा ४२.२ मिलिमिटर वर्षा मापन भएको महाशाखाको भनाई छ ।

महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बताएको छ।

यस्तै, उता झापाको शनिश्चरे, चन्द्रगढी लगायत क्षेत्रमा पनि भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077