Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी क्षेप्यास्त्र प्रहारबाट ओडेसामा २० जना गैरसैनिक मारिए

एजेन्सी । रुसले गरेको क्षेप्यास्त्र प्रहारबाट दक्षिणी क्षेत्र ओडेसामा २० जना गैरसैनिक मारिएको युक्रेनले दाबी गरेको छ ।

ओडेसा क्षेत्रमा एक बालकसहित कम्तीमा २० जनाको मृत्यु भएको युक्रेनी अधिकारीले दाबी गरेका हुन् ।

आक्रमणमा ६ बालबालिकासहित ३८ जना घाइते भएको बताइएको छ ।

क्षेप्यास्त्र प्रहार भएका बेला उनीहरु नौ तले भवनमा रहेका थिए । नौ तले भवनको भग्नावशेषमा अग्नि नियन्त्रकले जीवित हुनसक्ने व्यक्तिको खोजी गरिरहेको भिडियो समेत सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077