Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ गर्न हुदैन् : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन्।

निजगढ विमानस्थल निर्माणको लागि स्थलगत निरीक्षणमा निजगढ पुगेका प्रचण्डले यस्तो बताएका हुन् ।

यो विमानस्थल समयमै निर्माणको प्रक्रिया सुरु नभए करोडौँको लगानी अलपत्र पर्ने र फास्ट ट्र्याकको औचित्य पुष्टि नहुने भएकोले कुनै पनि हालतमा निजगढ विमानस्थल निर्माण हुनुपर्ने प्रचण्डले बताए ।

यस विमानस्थल निर्माणप्रति सरकारले देखाएको चासोलाई आफूले सकारात्मक रूपमा लिएको प्रचण्डले बताए । प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेता र मन्त्रीहरु निमार्णाधीन निगगढ अन्तर्र्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077