बर्दिया । बर्दियामा एक सामुदायिक वनमा महिलाको शव फेला परेको छ ।
जिल्लाको बासगढी नगरपालिका–४ स्थित जनचेतना सामुदायिक वनमा अन्दाजी २४–२५ वर्षीया महिलाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गाडा, रातोको रङ साधारण फिता भएको चप्पल रातो रङको कुर्ता र हरियो रङको सुरुवाल लगाएकी महिलाको शव घाँटीमा सलले बेरिएको अवस्थामा फेला परेको हो ।
उनको शव परीक्षणका लागि जिल्ला अस्पताल गुलरिया लगिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।