Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आईजीपी विवाद मुद्धामा आइतबार सुनुवाइ हुँदै

    आईजीपी विवाद मुद्धामा आइतबार सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 819
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै छ । यसअघि गत १३ गते सुनुवाइ भएको मुद्दा आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। आइतबार मुद्दाको चौंथो पेसी हो ।

    कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा गत सोमबार मुद्दाको सुनुवाइ भएकोमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।



    आइतबार आईजीपी बढुवाको पक्षमा भिमार्जुन आचार्यसहितसुशील पन्त, श्याम खरेल, टिकाराम भट्टराई, ओमप्रकाश अर्यालले बहस गर्दै छन् । आईजीपी विवादबारे सुनुवाइ संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा भइसकेको छ ।



    वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर रिटमा गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार