Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

केन्द्रीय समिति बैठकका लागि प्रज्ञा भवन पुगे प्रचण्ड

काठमाडौं । बिहान ११ बजेदेखि बोलाइएको बैठकको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कमलादीस्थित प्रज्ञा भवनमा पुगेका छन्।

बैठकमा सहभागी हुने नेताहरु आउने क्रम जारी छ। अहिले नेताहरू आउनेक्रम जारी रहेकाले बैठक केही बेरपछि सुरु हुने बताइएको छ।

बैठकमा चुनावी समीक्षा, पदाधिकारीको पूर्णता, आगामी चुनावको तयारीलगायतका विविध विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077