Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेभित्रको अन्तर्घात छानबिन गर्न विष्णु पौडेलको नेतृत्वमा कार्यदल

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्नेहरुमाथि छानबिन गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ ।

आइतबार बसेको सचिवालय बैठकले अन्तर्घातका कारण परिणाम अनुकूल नआएको निष्कर्ष निकाल्दै अन्तर्घात गर्नेहरुमाथि छानबिन गर्ने निर्णय गरेको हो ।

बैठकले अन्तर्घात गर्नेहरूलाई कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलेको नेतृत्वमा समिति गठन गरेको प्रचारविभाग प्रमुख पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

निर्वाचनका क्रममा अन्तर्घात गरेको भन्दा परेका उजुरीमाथि छानबिन गरी उक्त कमिटीले कारबाही सिफारिस गर्न सक्नेछ। कमिटीमा निर्वाचन विभाग प्रमुख र केन्द्रीय संगठन विभाग प्रमुख सदस्य रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077