Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना पक्राउ परेका छन् ।

दुबईबाट काठमाडौं आएका सुमन दमाई अवैध सुनसहित पक्राउ परेका हुन् ।

दमाईले बोकेको लगेजभित्र राखिएको नाबालकले लगाउने सिङ्गल पिस पोसाक ५ थानको टाँक (स्टिल बटन) भित्र लुकाइछिपाई राखिएको ६० वटा सुनका रिङ् फेला परेको हो ।

नियन्त्रणमा लिइएको सुनको तौल करिब १२५ ग्राम रहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077