Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इण्डिगोका कर्मचारी विरामी बिदा लिएर एअर इण्डियामा अन्तर्वार्ता दिन गएपछि...

एजेन्सी । भारतको विमान कम्पनी इण्डिगोका धेरै कर्मचारीले गत शनिबार एकै दिन विरामी बिदा लिए । जसको असर इण्डिगोको उडानमा पर्‍यो । त्यसदिन उसका ५५ प्रतिशत उडान ढिलो गरी भए ।

एकै दिन धेरै कर्मचारीले बिरामी बिदा लिए पनि उनीहरु खासमा बिरामी भएका थिएनन् । उनीहरु अधिकांश बिरामी बिदा लिएर एअर इण्डियामा जागिरका लागि अन्तर्वार्ता दिन गएको पाइएको छ ।

एयर इण्डियालाई टाटाले टेकओभर गरेको छ र उसले सेवा विस्तारका लागि नयाँ कर्मचारी भर्ना गरिरहेको छ ।

शनिबार क्याबिन क्रुका रुपमा काम गर्ने कर्मचारी छनोटका लागि अन्तर्वार्ता तोकिएको थियो । इण्डिगोले आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी दैनिक १ हजार ६०० उडान गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077