Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रचण्ड परिवारका ६ सदस्य माओवादी केन्द्रको केन्द्रीय कमिटीमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि छोरी ज्वाइँलाई केन्द्रीय सदस्य बनाएका छन्।

यसअघिको महाधिवेशनमा उनीसहित परिवारका चार जना सदस्यलाई केन्द्रीय सदस्यमा राखेका प्रचण्डले अहिले दुईजना थपेर आफ्नै घरका ६ जना केन्द्रीय सदस्य बनाएका हुन् ।

पछिल्लो पटक पार्टीको केन्द्रीय समिति बैठकमा छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्। आइतबार दिउँसो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरूले केन्द्रीय कमिटी सदस्यको शपथ लिएका छन् ।

आचार्य माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की कान्छी छोरी गंगा दाहालका श्रीमान् हुन्। उनीसँगै प्रचण्ड पुत्री गङ्गा पनि केन्द्रीय सदस्य बनेकी छन्। प्रचण्डले गत फागुनमै छोरी–ज्वाइँलाई केन्द्रीय सदस्य बनाउन खोजेका थिए। पार्टीमा व्यापक विरोध भएपछि उनी पछि हटेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077