Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

केन्द्रीय समिति बैठक रोकेर ‘प्रचण्ड’ निवास खुमलटारमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा सुरु गरेका छन्।

आइतवार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठक सोमवार पनि बसेको थियो। तर,मंगलवार बैठक सुरु हुनुभन्दा केही समय अघि मात्रै स्थगित भएको सूचना केन्द्रीय सदस्यहरुलाई दिइएको थियो।

बैठकमा संगठनको गृहकार्य गर्न र केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेबारे बैठकमा छलफल भइरहेको जनाईएको छ ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077