Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

भालुको आक्रमणबाट एक पुरुष गम्भीर घाइते

डोटी । डोटीमा भालुको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन्।

जिल्लाको पूर्वीचौकी गाउँपालिका-१ का नरबहादुर खड्का भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन्।

खड्का आज बिहान भालुको आक्रमणमा परी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीका अनुसार घाइते खड्कालाई उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो। त्यहाँबाट उनलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077