Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्युजिल्यान्डले महिला र पुरुष क्रिकेट टिमलाई समान पारिश्रमिक दिने

एजेन्सी । न्युजिल्यान्ड क्रिकेटले महिला र पुरुष दुवै टिमका खेलाडीलाई समान पारिश्रमिक दिने भएको छ । न्युजिल्यान्डको महिला र पुरुष दुवै टिमलाई पाँच वर्षसम्मका लागि समान तलब र म्याच फीको व्यवस्था गरिएको छ ।

न्युजिल्यान्डका ६ वटा क्रिकेट संघ र न्युजिल्यान्ड क्रिकेट खेलाडी संघबिच यसका लागि पाँच वर्षको सहमति भएको हो । जस अनुसार महिला र पुरुष दुवैको निर्धारित ओभरका अन्तर्राष्ट्रिय खेलहरुको म्याच फी एकदिवसीयका लागि न्युजिल्यान्ड डलर ४ हजार र टि–२० अन्तर्राष्ट्रियका लागि २ हजार ५०० डलर हुनेछ ।

घरेलु प्रतियोगिताका लागि निर्धारित ओभरको खेलका लागि खेलाडीले प्रति खेल ५७५ डलर पाउनेछन् । टेष्ट म्याचको लागि १० हजार २५० र शिल्ड गेमका लागि १ हजार ७५० न्युजिल्याण्ड डलर म्याच फी तोकिएको छ ।

नयाँ सम्झौता पश्चात उच्च वरीयताका खेलाडीले प्रतिवर्ष १ लाख ६३ हजार २४६ डलर पाउनेछन् । नवौ वरियतामा रहेकाले १ लाख ४८ हजार ९४६ डलर, १७ औं वरियतामा रहेकाले १ लाख ४२ हजार ३४६ डलर पाउने गरि सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077