Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मंसिर २ गते आम निर्वाचन गर्न आयोगको प्रस्ताव, बुधबार प्रधानमन्त्रीसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचन गर्न सरकारलाई मिति सिफारिस गर्ने भएको छ । आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर मिति प्रस्ताव गर्ने तयारी गरेको हो ।

आयोगले तीनवटा मिति प्रस्ताव गर्ने तयारी गरेको हो । कार्तिक ३०, मंसिर २ र मंसिर ५ गतेमध्ये एक मिति प्रस्ताव गर्ने अयोगले तयारी गरेको स्रोतले बतायो । तर, मंसिर ३ शनिबार पनि पर्ने भएकाले २ गते गर्दा उपयुक्त हुने आयोगले निष्कर्ष निकालेको छ ।

यसअघि स्थानीय तह निर्वाचनमा सरकारले सुरक्षा दिन नसकेको भन्दै दुई चरणमा गर्नेबारे आयोगमा छलफल भएको थियो ।
तर आयोगले एकै चरणमा गर्नुपर्ने सुझाव दिने भएको छ । निर्वाचन खर्च कम हुने भएकाले एकै चरणमा गर्न सुझाव दिने भएको हो ।

आयोगले चुनावी खर्च ९ अर्ब लाग्ने अनुमान पनि गरेको छ । मंसिर ५ गतेभन्दा पछि निर्वाचन गर्न प्राविधिकरुपमा कठिन हुने आयोगको प्रारम्भिक आकलन छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077