Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीबाट पेस्तोल र गोलीसहित एकजना व्यापारी पक्राउ

सर्लाही । सर्लाहीमा पेस्तोल र गोलीसहित एक व्यापारीलाई पक्राउ परेका छन् । जिल्लाको हरिवन नगरपालिका ११ बाट ४३ वर्षीय छोटेलाल दासलाई प्रहरीले मा पेस्तोल र गोलीसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय हरिवनका अनुसार उनको साथबाट एक थान पेस्तोल र एक राउण्ड गोली बरामद गरिएको हो ।

दासले हरिवन बजारमा संचालन गरेको किराना पसलमा लुकाइछिपाइ राखेको अवस्थामा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077