Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकी डलरको भाउमा फेरि नयाँ कीर्तिमान, एक डलरको कति पुग्यो ?

काठमाडौं । अमेरिकी डलरको भाउले फेरि नयाँ कीर्तिमानी बनाएको छ । अघिल्लो दिनको तुलनामा ०.६७ पैसाले बढेपछि बुधबार अमेरिकी डलरको भाउले फेरि नयाँ कीर्तिमानी बनाएको छ ।

नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यसअनुसार बुधबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २७.३० पैसा तोकेको छ । यो हालसम्मकै उच्च हो ।

यसअघि गत सोमबार एक अमेरिकी डलरको विनिमय दर १२६.७८ रुपैयाँ पुगेको थियो । गत सातादेखि हरेक दिनजसो अमेरिकी डलरको भाउ उकालो लागिरहेको छ । सोही क्रममा बुधबार हालसम्मकै उच्च दरमा पुगेको हो ।

पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । डलरको भाउले आयातित वस्तुको मूल्य महँगो बनाउँदै लगेको छ।

अर्कोतिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, ढुवानीको भाडा बढिरहेको छ। यसले दैनिक खाद्यवस्तुदेखि सागसब्जी, तरकारी, लत्ताकपडा सबै महँगिएको छ। डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077