Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादी केन्द्रमा श्रेष्ठलाई वरिष्ठ नेताको जिम्मेवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेतामा प्रस्ताव गर्ने भएका छन् ।

आजको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष दाहालले वरिष्ठ नेतामा प्रस्ताव गर्ने भएका हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा नेता कृष्णबहादुर महरालाई प्रस्ताव गर्ने तयारी छ ।

महासचिवमा जनार्दन शर्मा र वर्षमानबीच सहमति नभए कृष्णबहादुर महराको जिम्मेवारी हेरफेर हुनसक्ने सम्भावना रहेको पार्टी स्रोतले जनाएको छ ।

यसबाहेक उपाध्यक्षमा मातृका यादव, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, देव गुरुङ लगायतको चर्चा छ । आजको केन्द्रीय कमिटी बैठकले माओवादी पदाधिकारीको टुङ्गो लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077