Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • यौन हिंसा गरेर कोही फुत्किन नसक्ने कुसुमलता सिंहको भनाई

    यौन हिंसा गरेर कोही फुत्किन नसक्ने कुसुमलता सिंहको भनाई

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहले यौन हिंसा गरेर कोही फुत्किन नसक्ने बताएकी छन् ।

    बुधबार संघले आयोजना गरेको ‘यौन दुव्र्यवहार विरुद्ध जनचेतना अभियान’ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।



    कार्यक्रममा बोल्दै उनले क्षणिक आवेगले जीवनभर जेल पुर्याउने भन्दै पीडकलाई सचेत हुन आग्रह गरेकी गरिन् ।



    उनले भनिन्, ‘हिंसामा संलग्न हुनेहरुले फुत्किहाल्छौ भन्ने भ्रम नपाल्दा हुन्छ ।’ पीडितलाई नै औँला उठाउने समाज छ तर पीडकलाई सामाजिक बहिष्कार नगर्दासम्म यौन हिंसा न्युनिकरण नहुने पनि उनले तर्क गरिन् ।

    यौन हिंसा पीडित नभई अब पीडक सुध्रनुपर्ने उनको भनाइ थियो ।उनले समाजमा शिक्षित मानिसहरुबाट पनि यस्ताखाले हिंसा भएका हुँदा अब सचेत हुने पालो पीडकको रहेको बताइन् ।

    यस अभियान मार्फत आफूहरुले क्षणिक हिंसामा जाँदा आफ्नै पनि जीवन बर्बाद हुन्छ भनेर सचेत गराउन खोजिएको उनको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार