Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रहरी हेडक्वार्टरभित्रै श्रीमती महिला संघको औचित्यमा प्रश्न उठेपछि…

    प्रहरी हेडक्वार्टरभित्रै श्रीमती महिला संघको औचित्यमा प्रश्न उठेपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । शनिबारदेखि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु हुँदै छ । सोही अवसर पारेर प्रहरी प्रधान कार्यालयमा ‘लैङगिक हिंसाको वर्तमान अवस्थास् तथ्य, चुनौती र आगामी कार्यदिशा’ विषयमा गोष्ठी समेत आयोजना गरिएको थियो ।

    कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा बोल्ने क्रममा एक अतिथिले प्रहरीमा श्रीमती महिला संघको औचित्यमा प्रश्न उठाउँदै यो पनि एक किसिमको महिला हिंसा नै भएको बताए ।



    नेपाल मानव अधिकार आयोगकी उपसचिव नितु गर्तौलाले यस्तो प्रश्न उठाएकी थिइन् । यदि प्रहरी श्रीमती संघ हुने हो भने महिला प्रहरीले पनि प्रहरी श्रीमान् संघ खोलेर किन श्रीमानप्रति गर्व गर्न नपाउने भनेर प्रश्न उठाएकी हुन् ।



    उनले यो सवाल उठाएपछि प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर लगायत उच्च अधिकारीले मुखामुख गरेका थिए । कतिपयले उनको यो कुरालाई जायज भनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार