Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्छ : खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्ने बताएका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले अर्थमन्त्रीका विषयमा धेरै कुरा उठिसकेपछि सम्बन्धित पार्टी र स्वयं अर्थमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने बताए ।

यस्ता सवालमा कसैले हेलचेक्राई गर्न नहुने भन्दै उनले गल्ती कमजोरी भए सम्बन्धित व्यक्तिले नै जिम्मेवारी लिनुपर्ने बताए। अर्थमन्त्रालयमाथिको घटना निकै गम्भीर विषय भएकाले यस्ता घटनाले धेरै कुरामा प्रश्न उठ्ने खनालको तर्क छ ।

खनालले सवै विषयको उचित समाधान निकाली सदनलाई सहज रूपमा सञ्चालन गर्न दिने वातावरण बनाउन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077