Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो २ बजे बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८’ पेस गर्ने सम्भावित कार्यसूची छ।

गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची छ । सभामुख अग्निप्रसाल सापकोटाले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारितका लागि प्रस्ताव प्रस्तुत् गर्ने छन् भने खानेपानी मन्त्री उमाकान्त चौधरीले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको खानेपानी तथा सरसफाइ विधेयक, २०७५ छलफलका लागि प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची रहेको छ । मन्त्री चौधरीले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत् गर्नेछन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा 'कोइराला' ले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ छलफल र पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077