Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एसईईको प्रश्नपत्र प्रति केजी साढे १७ रूपियाँका दरले बिक्री

    एसईईको प्रश्नपत्र प्रति केजी साढे १७ रूपियाँका दरले बिक्री

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ ।

    कोभिड–१९को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १००ले बिक्री गरेको छ ।



    बढाबढ टेन्डर प्रक्रिया गर्दा विराटनगरको अरविन्द पल्पएन्ड पेपर मिल्सले ती प्रश्नपत्र खरिदको जिम्मा पाएको छ । पुराना प्रश्नपत्र अभ्यासका लागि विद्यार्थीलाई उपलब्ध गराइनुपर्ने चाहना शिक्षकहरूले गर्दै आएका थिए ।



    परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले पुराना प्रश्नपत्र विद्यार्थीलाई वितरण गर्न त्यति सहज नहुने भएकाले बिक्री गरिएको बताए । ती प्रश्नपत्र करिब २० करोड रुपियाँ खर्च गरेर जनक शिक्षा सामग्री केन्द्रमा छपाइएको थियो ।

    उनका अनुसार करिब तीन ट्रक प्रश्नपत्र छन् । सो कागज कार खानाले धरौटी रकम बुझाएको छ भने तौल लिइसकेपछि मात्र सकारे बमोजिम प्रतिकेजीका दरले रकम राजस्व दाखिला गर्ने छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार