Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • धरौटीमा छुटे चिट चोराउने प्रिन्सिपल र शिक्षक

    धरौटीमा छुटे चिट चोराउने प्रिन्सिपल र शिक्षक

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 288
    SHARES

    फाइल तस्विर

    काठमाडौं । एसईई परीक्षामा चिट चोराएको आरोपमा नेपालगञ्जबाट पक्राउ परेका प्रिन्सिपल र शिक्षक धरौटीमा छुटेका छन्।

    नेपालगञ्जस्थित लोटस इङ्गलिश स्कुलका प्रिन्सिपल तपन शर्मा र शिक्षक मोहमद अल्ताफ खान धरौटीमा रिहा भएका हुन्।



    नेपालगञ्ज–२ स्थित ज्ञानोदय विद्या निकेतनबाट उनीहरू चैत २० मा पक्राउ परेका थिए । उनीहरूलाई जनही ६ हजार धरौटीमा रिहा गरिएको हो ।



    विज्ञान तथा प्रविधि विषयको परीक्षामा उनीहरूले आफ्ना विद्यार्थीहरूलाई ह्वाट्स एप ग्रुप बनाएर चिट चोराएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    नेपालगञ्जस्थित एवान कन्सल्टेन्सीबाट पक्राउ परेका थप ३ जना पछि छुटेका छन् ।

    प्रश्नपत्र आउट गरेर उत्तर तयार गरेस पठाएको आरोपमा पक्राउ परेका इरफान अलि मिकरानी, सन्तोष नेपाली र दिलिप बिकलाई जनही ३० हजारमा रिहा गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार