Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मिटरब्याजी रामदेव साहका छोराछोरी कारागार चलान

सप्तरी । मिटरब्याजी रामदेव साहका छोराछोरीलाई पुर्पक्षका लागि सप्तरी जिल्ला अदालतले कारागार चलान गरेको छ ।

न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले बुधबार अबेर ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्लाको खडक नगरपालिका–७ कल्याणपुरका नन्दकिशोर साह र अनुराधा साहलाई थुनामा राख्ने आदेश दिएको हो ।

मंगलबार दुवैको बयान सकिएपछि बुधवार अबेर साँझसम्म थुनछेक बहस भएको थियो । दुवै पक्षको बहस सकिएपछि दाजु बहिनीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको अदालतले जनाएको छ । सोही मुद्दामा फरार रहेका रामदेव र परिवारका अन्य सदस्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

साह परिवारमाथि जग्गा बन्धकी राखी चर्को मिटरब्याज असुली गर्ने र धेरैजसो ऋणीले ब्याज चुक्ता गर्दा पनि धितो फिर्ता नगरेको आरोप छ । सप्तरीकै नौ जनाले साह परिवारमाथि संयुक्त रुपमा ठगी तथा आपराधिक विश्वासघातका उजुरी हालेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077