Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ज्ञानेन्द्रलाई ‘राजा’ भन्दै थापाले दिए जन्मदिनको शुभकामना

काठमाडौं । राजतन्त्रको एजेण्डा छाडेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिएका छन्।

पार्टीको महाधिवेशनमा आफूलाई दरबारले चलखेल गरी हराएको भन्दै आक्रोशित भएका थापाले अब राजतन्त्रको एजेण्डा नबोक्ने घोषणा गरेका थिए।

थापाले लामो समय राजतन्त्रका लागि संघर्ष गरेपनि राजसंस्थाले आफूविरुद्ध गम्भीर चलखेल गरेको आरोप महाधिवेशन लगत्तै लगाएका थिए।

पूर्वराजा ज्ञानेन्द्रसँग असन्तुष्ट रहे पनि थापाले पूर्वराजा शाहलाई ‘राजा’ नै सम्बोधन गर्दै सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077