Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेन शाहसँग ‘प्रणाली’ नभएको बाबुराम भट्टराईको टिप्पणी

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट जितेका बालेन शाहसँग ‘प्रणाली’ नभएको टिप्पणी गरेका छन्।

बिहीबार थेम्स इनटरनेशनल कलेजले आयोजना गरेको छलफल कार्यक्रममा उनले व्यक्ति जतिसुकै राम्रो र सक्षम भएपनि राज्य व्यवस्था प्रणाली नभएपछि त्यसले काम गर्न नसक्ने भन्दै टिप्पणी गरेका हुन्।

‘मलाई डर छ, बालेन शाहले जितेर आउनुभयो। मैले शुभकामना पनि दिए। बधाई पनि दिए। तर प्रणाली छैन, त्यहाँ। उहाँ एक्लैले गर्न सक्ने कुरा त हुँदैन। प्रणाली ठिक गरिएन भने ठीक मान्छे छानिन सक्दैन। त्यसले काम गर्न पनि सक्दैन’, उनले भने।

डा.भट्टराईले समावेशी र सहभागितामुलक प्रजातान्त्रिक प्रणाली अहिलेको आवश्यकता भएको औल्याए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077