काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने भएको छ ।
पार्टी केन्द्रीय समिति बैठकबाट पदाधिकारीको टुंगो नलागेपनि वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई बनाउने तयारी गरिएको हो ।
आजको बैठकमा पोलिटब्युरो र स्थायी कमिटीको घोषणा गरेपश्चात अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पदाधिकारीबारे बोलेका थिए । प्रचण्डले गृहकार्य नपुगेको भन्दै पदाधिकारी टिमको घोषणा गर्न केही दिन समय मागे ।
वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई नै बनाउने पक्का पक्की भएपनि सबै पदाधिकारीको टुंगो नलागेकाले घोषणा नगरिएको हो । श्रेष्ठ यसअघि तत्कालिन नेकपा सचिवालय सदस्य एवम पार्टी प्रवक्ताको जिम्मेवारीमा थिए ।